+

नेपाली टोलीले जित्यो डाना कप २०२५ को उपाधि

२०८२ साउन  १० गते ७:०२ २०८२ साउन १० गते ७:०२
नेपाली टोलीले जित्यो डाना कप २०२५ को उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली यू-१४ फुटबल टोलीले डेनमार्कमा भएको डाना कपको उपाधि जितेको छ।
  • नेपाली टोलीले फाइनलमा केन्यालाई ३–१ गोलले हराएको हो।

९ साउन, काठमाडौं । डेनमार्कमा सम्पन्न डाना कप २०२५ को उपाधि जित्दै नेपाली यू-१४ टोलीले ऐतिहासिक सफलता हात पारेको छ।

गोल्स एकेडेमी, एजी टेन फुटबल एकेडेमी र एकेडेमी नेपाल संयुक्त रूपमा बनेको टोलीले शुक्रबार भएको फाइनलमा केन्यालाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो ।

फाइनल खेलमा रिहान बुद्ध मगर, नोआ राय र अरणिस गुप्ताले गोल गर्दै टोलीलाई जित दिलाए।

यसअघि सेमिफाइनलमा नेपाली टोलीले यूएईको आईएफए स्पोर्टलाई ३–० गोलले हराउँदै पहिलोपटक फाइनलमा स्थान बनाएको थियो।

यो उपलब्धिसँगै नेपाली यू-१४ टोलीले अन्तर्राष्ट्रिय स्तरमा ऐतिहासिक सफलता हासिल गरेको छ।

डाना कप २०२५

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय