+
+
Shares

आयुष र एलिजेले फिल्ममा डेब्यू गर्न लागेका हुन् ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म निर्देशक किरण नेपालीले सामाजिक संजालका कन्टेन्ट क्रिएटर आयुषसिंह ठकुरी र एलिजे जमालीलाई अभिनय प्रस्ताव राखेका छन्।
  • आयुष र एलिजेले अभिनय प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएका छन् र केही दिनमा लिखित सम्झौताको तयारी भइरहेको छ।
  • किरण नेपालीले निर्देशकको रुपमा डेब्यु गर्ने फिल्ममा ४ जना हिरो र ३ जना हिरोइन रहनेछन् र अन्य कलाकारको टुंगो चाँडै लाग्नेछ।

काठमाडौं । सामाजिक संजालका ‘कन्टेन्ट क्रिएटर’ आयुषसिंह ठकुरी र एलिजे जमालीले फिल्म अभिनयमा डेब्यू गर्ने अपेक्षा गरिएको छ ।

फिल्म निर्देशक तथा निर्माता किरण नेपालीले शनिबार यी दुई जोडीलाई अभिनय प्रस्ताव राखेका थिए । प्रस्तावमा आयुष र एलिजे सकारात्मक देखिएको र केही दिनमा औपचारिक सम्झौताको तयारी रहेको नेपालीले अनलाइनखबरलाई जानकारी दिए ।

‘उहाँहरूलाई प्रस्ताव राखेका थियौं । सकारात्मक हुनुहुन्छ । केही दिनमा लिखित सम्झौताको सम्भावना छ’ उनले भने । नाम तय नभैसकको यो सोसल ड्रामाबाट नेपालीले निर्देशकको रुपमा डेब्यु गर्दैछन् ।

यो फिल्ममा ४ जना हिरो र ३ जना हिरोइन हुने किरणले बताए । अन्य कलाकारबारे पनि चाँडै टुंगो लाग्ने उनले जनाए ।

आयुष र एलिजेको कुरा गर्दा, यी दुईजनाले हालै कानूनी विवाह गरेका छन् । पाकिस्तानकी एलिजेसँग आयुषले गतवर्ष नै युएईमा इन्गेजमेन्ट गरिसकेका थिए । त्यसयता यो जोडी टिकटकमा चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?