
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिले कुनै दलको बहुमत नरहेको र अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन्।
- सिटौलाले सरकारको वर्षदिनको समीक्षा गर्दै अपेक्षा अनुसार काम नभए पनि सरकार निरन्तर जाने र विकल्प नदेखिने बताए।
- उनले संविधान कार्यान्वयनको समीक्षा र संशोधनका लागि सरकारले कार्यदल बनाएर अघि बढ्ने जानकारी दिनुभयो।
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले अर्को सरकार बन्ने विकल्प नरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सिटौलाले अहिले कुनै एक दलको बहुमत नरहेको र अर्को सरकार बन्ने परिस्थिति पनि नरहेको बताएका हुन् ।
‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला, एउटा परिस्थितिमा निर्माण भएको सरकार हो,’ उनले भने ।
राष्ट्रिय सभा सदस्य समेत रहेका सिटौलाले सरकारको वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेअनुसार काम हुन नसकेपनि यसको विकल्प नरहेको बताए ।
‘अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपनि यो सरकार निरन्तर जान्छ । किनभने यसको विकल्प अर्को सरकार बन्ने स्थिति देखिँदैन’ उनले भने, ‘अर्को सरकार बन्ने परिस्थिति, विकल्प नै देखिंदैन । जे सम्झौता भएको त्यसबमोजिम सरकारले आफ्नो कार्यकाल पूरा गर्दछ ।’
नेता सिटौलाले संविधान कार्यान्वयनको समीक्षा गर्ने र संशोधन गर्ने कुरामा सरकारले कार्यदल बनाएर अघि बढ्ने बताए ।
प्रतिक्रिया 4