+

स्पेनलाई हराउँदै इंग्ल्याण्डले जित्यो महिला युरोकप फुटबलको उपाधि

२०८२ साउन  १२ गते ८:४७ २०८२ साउन १२ गते ८:४७
स्पेनलाई हराउँदै इंग्ल्याण्डले जित्यो महिला युरोकप फुटबलको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्याण्डले महिला युरोकप फुटबल २०२५ को फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको छ।
  • निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो।
  • इंग्ल्याण्डले पहिलोपटक विदेशी भूमिमा ठूलो उपाधि जितेको हो।

१२ साउन, काठमाडौं । इंग्ल्याण्डले महिला युरोकप फुटबल २०२५ को उपाधि जितेको छ । गएराति भएको फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै इंग्ल्याण्ड युरोपियन च्याम्पियन बनेको हो।

निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा स्पेनको २ प्रहार इंग्ल्याण्ड गोलरक्षक हाना हाम्पटनले बचाइन् ।

इंग्ल्याण्डले पहिलोपटक विदेशी भूमिमा ठूलो उपाधि जितेको हो ।

पहिलो हाफमा पछाडि परेपनि दोस्रो हाफमा गोल फर्काउँदै इंग्ल्याण्डले खेलमा आफूलाई जीवितै राखेको थियो ।

२५औं मिनेटमा मारिओना काल्देन्तेले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । ५७औं मिनेटमा इंग्ल्याण्डकी अलेसिया रुसोले बराबरी गोल गरिन् ।

त्यसपछि गोल नहुँदा खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

महिला युरोकप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय