+
+
Shares

पटकथा बुझाउने फिल्मको संख्या ६०० पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चलचित्र विकास बोर्डले स्थापना गरेको पटकथा संग्रहालयमा स्क्रिप्ट बुझाउने फिल्मको संख्या ६०० पुगेको छ।
  • गतसाता एकैदिन ६० फिल्मको पटकथा बुझाइएको थियो र बोर्डले सबै निर्माता र निर्देशकलाई स्क्रिप्ट बुझाउन आग्रह गरेको छ।
  • बोर्ड अध्यक्ष दिनेश डीसीले पटकथा संग्रहालयले नेपाली चलचित्रको इतिहास संरक्षणमा अमूल्य योगदान पुर्‍याउने बताए।

काठमाडौं । चलचित्र विकास बोर्डले स्थापना गरेको ‘पटकथा संग्रहालय’मा स्क्रिप्ट बुझाउने फिल्मको संख्या ६०० पुगेको छ ।

गतसाता एकैदिन ६० फिल्मको पटकथा बुझाइएको थियो । बोर्डले सूचना जारी गर्दै सबै निर्माता र निर्देशकलाई स्क्रिप्ट बुझाउन आग्रह गरेको छ ।

कबड्डी श्रृंखला, बाटो मुनिको फूल २, वडा नम्बर ६, लोग्ने मान्छे, रातो घर, नालापानी, होस्टेल रिटर्न, रामप्यारी, हिरोज, रंग बैजनी, लुटेरा, भैरव, कुमारी लगायतले स्क्रिप्ट बुझाएका छन् ।

साथै, तिम्रो मेरो प्रेम कहानी, बिर्खेलाई चिन्छस्, पशुपति प्रसाद, छेस्को, दर्पण छायाँ २, ब्रासलेट, भरोसा, बाबर, कालोपोथी, संरक्षण, षडङ्ग, खुस्माले पनि पटकथा बुझाएका छन् ।

‘ यदि तपाईँले निर्माण वा निर्देशन गर्नुभएको फिल्मको पटकथा छुटेको छ भने चलचित्र विकास बोर्डमा सम्पर्क गर्नुहुन अनुरोध छ । यो संग्रहालय नेपाली चलचित्रको इतिहास, विविधता, र सिर्जनात्मकताको अभिलेखलाई जीवन्त बनाउनेछ’ बोर्डले भनेको छ ।

बोर्ड अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्रको समृद्ध इतिहास संरक्षणको लागि अमूल्य उपहार हुने बताए ।

‘पटकथा नै चलचित्रको आत्मा हो । यी स्क्रिप्ट संरक्षित गर्नाले भविष्यका चलचित्रकर्मीका लागि प्रेरणा र शोधको स्रोत बनेको छ’ उनले भने ।

अध्यक्षमा नियुक्त भएलगत्तै अध्यक्ष डीसीले पटकथा संग्रहालय स्थापना गरेका थिए । सोही अभियानअन्तर्गत बोर्डले पटकथा मागिरहेको छ ।

पछिल्लो समय पटकथा बुझाउने फिल्मको संख्यामा वृद्धि भैरहेको अध्यक्ष डीसीका सचिवालय संयोजक जनक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?