
News Summary
Generated by OK AI. Editorially reviewed.- दोलखाको सैलुङ गाउँपालिका–२ का २८ वर्षीय राजु लामालाई फोहरमैलाको कर्मचारी भन्दै १३ लाख २५ हजार रुपैयाँ उठाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
- प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले राजु लामालाई पक्राउ गरेको र उनी नक्कली कर्मचारी रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।
- राजु लामाबाट विभिन्न रसिदहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
१२ साउन, काठमाडौं । फोहरमैलाको कर्मचारी भन्दै १३ लाख रुपैयाँ भन्दा बढी उठाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनले आफू काठमाडौं महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ ।
उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4