+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विधान संशोधनबारे सुझाव पठाउन एमालेले तोक्यो १० भदौको डेडलाइन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते २३:०४

१२ साउन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीबाट प्रस्ताव गरिएको विधान संशोधनमाथि सुझाव पठाउने डेडलाइन तोकेको छ ।

आज साँझ अपानि–१२, जारी गर्दै सुझाव पठाउने डेडलाइन तोकेको हो ।

‘केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरूले आफ्नो सुझाव लिखित रुपमा भदौ १० सम्म पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी पठाउनु पर्नेछ,’ अपानिमा भनिएको छ, ‘यसरी प्राप्त सुझावहरू उपर विधान महाधिवेशन पूर्व बस्ने केन्द्रीय कमिटीमा छलफल गरी आवश्क निर्णय लिइनेछ ।’

विधान संशोधन प्रस्ताव अपानिको अनुसूचीमा राखिएको छ । जहाँ उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटीमा प्रस्ताव गरेको विधान संशोधन मस्यौदा समावेश छ ।

पौडेलको मस्यौदामा पार्टी विधानको धारा ६४ हटाउने लगायत केही विधान संशोधन छ । धारा ६४ मा ७० वर्षे उमेर हद र दुई कार्यकाल बढी एउटै पदमा बस्न नपाइने व्यवस्था छ । जसलाई हटाउने प्रस्ताव अगाडि बढाएको छ ।

यसप्रति पार्टीभित्र देखिएको असहमति भने अपानिमा समावेश छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?