
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन समिति गठन गरिएको छ।
- निर्वाचन समिति संयोजक हरिशरण श्रेष्ठ र सदस्य ऋषिराम घिमिरे, जीवन डंगोल रहने गरी गठन गरिएको छ।
- मुख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमा १५ मत पक्ष र २२ मत विपक्षमा परेको थियो।
१३ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा मंगलबार बसेको कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहने गरी निर्वाचन समिति गठन गरिएको छ ।
निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाउने छ ।
मंगलबार मुख्यमन्त्री समेत रहेका दलका नेता बहादुरसिंह लामाविरूद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि पक्ष/विपक्षमा मतदानको क्रममा लामाले दलको नेताको हैसियत गुमाएका हुन् ।
मत विभाजनका क्रममा लामाको पक्षमा जम्मा १५ मत परेको थियो भने उनको विपक्षमा २२ मते परेको थियो ।
प्रतिक्रिया 4