+
+
Shares

‘बहुविवाह’को प्रसंगमा केकी भन्छिन् : जो हुनुहुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले बहुविवाहलाई निश्चित परिस्थितीमा छुट दिने गरी मुलुकी अपराध संहिताको धारा १७५ संशोधन गर्न लागेको छ।
  • अभिनेत्री केकी अधिकारीले बहुविवाहलाई वैध बनाउने प्रयासलाई समाजलाई पछाडि फर्काउने दुस्साहस र आममहिलाका लागि अपमान भनेकी छन्।
  • कानुन मन्त्रालयले मस्यौदा तयार गरिसकेको र सामाजिक संजालमा यसलाई लिएर चर्को विरोध भएको छ।

काठमाडौं । सरकारले निश्चित परिस्थितीमा छुट दिने गरि बहुविवाहको कानुन ल्याउन लागेको भन्दै मिडियामा आउन खबर आउन थालेपछि यसलाई लिएर बहस चर्किएको छ ।

धेरैले सरकारको यो प्रयासले सामाजिक विकृत निम्त्याउने र लैंगिक असमानता बढाउन सक्ने भन्दै विरोध गरिरहेका छन् । कलाकारले पनि यसबारे आफ्नो धारणा राख्दै प्रस्तावित कानुनप्रति असहमति जनाइरहेका छन् ।

यस्तोमा, अभिनेत्री केकी अधिकारीसहितका कलाकारले यसबारे धारणा राखिरहेका छन् । केकीले बहुविवाहलाई बैध बनाउने प्रयासलाई समाजलाई पछाडि फर्काउने दुस्साहसको रुपमा टिप्पणी गरेकी छन् ।

यस्तो कानुनी प्रस्ताव आममहिलाको लागि अपमान रहेको उनको धारणा छ । कानुनी संरक्षणमा पुरुषलाई अपराध गर्न छुट दिने प्रावधान रहेको भन्दै उनले असहमति जनाएकी छन् ।

केकी लेख्छिन्, ‘यस्तो कानुनी प्रस्ताव आममहिलाका लागि अपमान हो । कानुनी संरक्षणमा पुरुषलाई सामाजिक अपराध गर्न छुट दिने प्रावधान हो । बहुविवाहलाई वैध बनाउने प्रयास समाजलाई पछाडि फर्काउने दुस्साहस हो । जो हुनुहुँदैन ।’

सरकारले मुलुकी अपराध संहिता लागू भएको दिन १ भदौ २०७५ देखि पूर्णतः निषेध रहेको बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी कानुन ल्याउन लागेको जनाइएको छ ।

विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न लागिएको विवरणमा उल्लेख छ ।

कानुन मन्त्रालयले यसको मस्यौदा तयार गरिसकेको जनाइएको छ । यसलाई लिएर सामाजिक संजालमा चर्को विरोध निम्तिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?