+
+
Shares

पशुपतिको महायज्ञमा पुगेर ‘माग्ने बुढा’ले गरे आर्थिक सहयोग, ‘माग्ने राजा’ प्रवर्धन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता केदार घिमिरेले सोमबार पशुपतिमा आयोजित महायज्ञमा आगामी फिल्म 'माग्ने राजा' प्रवर्धनका लागि २५ हजार १ रुपैयाँ आर्थिक सहयोग प्रदान गरे।
  • मानवसेवा फाउण्डेसनले भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न महायज्ञ आयोजना गरेको थियो।
  • अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिनाले पनि 'माग्ने राजा' प्रवर्धनका लागि महायज्ञमा सहभागी भएर सहयोग गरे।

काठमाडौं । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले सोमबार पशुपति पुगेर त्यहाँ आयोजित महायज्ञमा आर्थिक सहयोग प्रदान गरेका छन् ।

आगामी फिल्म ‘माग्ने राजा’ प्रवर्धनको लागि त्यहाँ पुगेका उनले व्यक्तिगतरुपमा २५ हजार १ रुपैयाँ दिएका हुन् ।

भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न मानवसेवा फाउण्डेसनले महायज्ञ आयोजना गरेको हो ।

केदारसँगै अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिनालगायत त्यहाँ पुगेर ‘माग्ने राजा’को प्रवर्धन गरेका थिए । शनिबार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि त्यहाँ पुगेर ५१ हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

तस्वीरहरू : गोपीकृष्ण चापागाइँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?