+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

मुक्तिनाथ विकास बैंकका ग्राहकले एमएन अस्पतालमा १५ प्रतिशत छुट पाउने

सम्झौतापछि बैंकका ग्राहकले एमएन अस्पतालबाट प्रदान हुने विभिन्न सेवाहरू जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधि आदिमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १९ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई काठमाडौं बसुन्धरामा रहेको एमएन अस्पतालमा १५ प्रतिशतसम्म विशेष छुट दिने सम्झौता गरेको छ।
  • यस सम्झौताअनुसार ग्राहकले अपरेसन, प्रयोगशाला, एक्स–रे र औषधि सेवामा छुट पाउनेछन्।
  • बैंकले गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र किफायती रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

१९ साउन, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौं बसुन्धरामा रहेको एमएन अस्पतालमा विशेष छुट पाउने भएका छन् ।

बैंकले आफ्ना ग्राहलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले अस्पतालसँग विशेष छुट गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

यस सम्झौतापछि बैंकका ग्राहकले एमएन अस्पतालबाट प्रदान हुने विभिन्न सेवाहरू जस्तै अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधि आदिमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस प्रकारको सहकार्यबाट ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सुलभ र किफायती रूपमा प्राप्त हुने विश्वास बैंकले लिएको छ ।

बैंकले आगामी दिनमा पनि आफ्ना ग्राहकको हितमा यस्ता सेवामूलक साझेदारहरू विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?