
२१ साउन, काठमाडौं । साढे ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा शेयर ब्रोकर कम्पनी सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी मोहनमणि अधिकारीले श्रीवास्तव पक्राउ परेका बताए । उनी आफैं परिसरको कार्यालय भद्रकालीमा आएपछि नियन्त्रणमा लिइएको उनले बताए ।
प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मीता अग्रवाल मुरारकाले जाहेरी दिएकी थिइन् । शेयर कारोबारको रकम फिर्ता नगरेको भन्दै जाहेरी परेको थियो ।
यसअघि यस्तै ठगी आरोपमा शेयर कारोबार दीपेन्द्र अग्रवाल पनि पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4