+
+
Shares

रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार हुन ९ जनाले दिए आवेदन (नामावलीसहित )

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते १२:४८
आकांक्षीको नामावली सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन ।

२२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेवार हुन इच्छुकहरुको सूची सार्वजनिक गरेको छ ।

रास्वपाले ७ साउन २१ गतेसम्म आवदेन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएको लुम्बिनी इञ्चार्ज विपिन आचार्यले जानकारी गराए । आवेदन दिएका मध्येबाट सुलभ खरेलको नाम पहिलो नम्बरमा राखिएको छ ।

१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् । उम्मेदवार हुन इच्छुकका लागि रास्वपाले २५ हजार शुल्क तोकेको थियो ।

रास्वपाले प्राप्त नामहरुबाट उम्मेदवारको नाम छनोट गर्नेछ । भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?