+
+
Shares

१० दलको संयुक्त विज्ञप्ति : दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने निर्वाचन आयोगको प्रवृत्ति अस्वीकार्य

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते २०:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • १० राजनीतिक दलले निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्‍कन कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको बताएका छन्।
  • संघीय कानुन दुरुपयोग गर्दै निर्वाचन आयोगले प्रत्यायोजित विधायनको नाममा छुट्टै कानुन मस्यौदा गरेर संसद्को क्षेत्राधिकार अतिक्रमण गरेको १० दलको ठहर छ।
  • नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी लगायत १० दलले संयुक्त विज्ञप्ति निकालेर कार्यविधिप्रति असन्तुष्टि राखेका छन्।

२२ साउन, काठमाडौं । १० राजनीतिक दलले निर्वाचन आयोगको ‘राजनीतिक दल स्वमूल्याङ्‍कन कार्यविधिप्रति चासो राख्दै कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्म विपरीत रहेको बताएका छन् ।

संघीय कानुन दुरुपयोग गर्दै प्रत्यायोजित विधायनको नाममा छुट्टै ऐनजस्तै कानुन मस्यौदा गरेर निर्वाचन आयोगले संघीय संसद्को क्षेत्राधिकार अतिक्रमण गर्ने गरेको १० दलको ठहर छ । दुई दलको वर्चस्वलाई संस्थागत गर्न खोज्ने यो प्रवृत्ति साथ कार्यविधि आएकाले अस्वीकार गर्ने विज्ञप्ति मार्फत ती दलले जनाएका छन् ।

‘राजनीतिक दलको मूल्याङ्‍कन, सञ्चालन, रेखदेख र निर्देशन गर्ने’ व्यवस्थामा प्रस्तावित विषयले राजनीतिक दलको स्वतन्त्रता कुण्ठित गर्दै दलहरूलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नेसम्मको खतरा उत्पन्न हुने दश दलको निचोड छ ।

कार्यविधिप्रति असन्तुष्टि राख्दै संयुक्त विज्ञप्ति निकाल्ने दलहरूमा प्रतिपक्ष र सरकारलाई समर्थन गरेका साना दल समेत छन् ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी, र आम जनता पार्टीले विज्ञप्ति निकालेर असन्तुष्टि राखेका हुन् ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?