
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'हरिबहादुरको जुत्ता' को नयाँ पोस्टर सार्वजनिक भएको छ जसमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का समावेश छन्।
- कमेडी तथा सोसल ड्रामा जनराको यो फिल्म दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् र यसको रिलिज मिति असोज १३ गते तोकिएको छ।
- चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत लगायतका कलाकारको अभिनय रहेको छ र एसएम मोसन पिक्चर्सले निर्माण गरेको छ।
काठमाडौं । यो वर्षको प्रतिक्षित फिल्म ‘हरिबहादुरको जुत्ता’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज सार्वजनिक गरेको पोस्टरमा फिल्मका प्रमुख तीन कलाकारहरूलाई प्रस्तुत गरिएको छ। हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का पोस्टरमा समेटिएका छन् ।
यस पोस्टरमार्फत यी पात्रहरूको चरित्र चित्रण गरिएको छ ।
कमेडी तथा सोसल ड्रामा जनराको यो फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् । यसको रिलिज मिति फूलपातीको दिन(असोज १३ गते) तोकिएको छ ।
चलचित्रमा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् । कृष्ण बहादुर थापाको छायांकन रहेको फिल्मलाई नकुल खड्काले सम्पादन गरेका छन् । वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
प्रतिक्रिया 4