+
+
Shares

‘माइतीघर’को नयाँ पोस्टरमा उपासना, धीरज, माग्ने बुढा र प्रकाश सपुत

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २२ गते २०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'माइतीघर'को नयाँ पोस्टर निर्माता रोहित अधिकारीले असोज १३ गते प्रदर्शन तयारीसहित सार्वजनिक गर्नुभएको छ।
  • पोस्टरमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर र प्रकाश सपुत फिचर्ड छन्।
  • मिलन तामाङको निर्देशनमा बनेको फिल्म म्याग्दीको ताकम र दरबाङ क्षेत्रमा छायांकन गरिएको हो।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘माइतीघर’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माता रोहित अधिकारीले विहिबार नयाँ पोस्टर सार्वजनिक गरे ।

पोस्टरमा शीर्ष कलाकार केदार घिमिरे, उपासनासिंह ठकुरी, धीरज मगर, प्रकाश सपुत, फिचर्ड छन् । स्केच शैलीमा डिजाइन गरिएको पोस्टर कलरफूल देखिन्छ ।

मोटरसाइकलमा धीरज र केदार चढेर कतै हिँडेको देखिन्छ । धीरज क्रोधित मुद्रामा छन् । मिलन तामाङको निर्देशनमा बनेको फिल्मलाई म्याग्दीको ताकम र दरबाङ क्षेत्रमा छायांकन गरिएको हो ।

सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ । रोहित अधिकारी फिल्मस्को व्यानरमा फिल्म निर्माण भएको हो ।

कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन् । फिल्म दशैंको फूलपातिमा असोज १३ गतेदेखि प्रदर्शन तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?