+

बालोन डि’ओरको शीर्ष ३० मनोनयन सूची सार्वजनिक

२०८२ साउन  २३ गते १६:५४ २०८२ साउन २३ गते १६:५४
बालोन डि’ओरको शीर्ष ३० मनोनयन सूची सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि\'ओर २०२५ का लागि शीर्ष ३० खेलाडीको मनोनयन सूची सार्वजनिक गरिएको छ।
  • लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सन् २००३ यता दोस्रो पटक बालोन डि\'ओर मनोनयन सूचीमा परेनन्।
  • बालोन डि\'ओर २०२५ को विजेता घोषणा समारोह आगामी महिनामा हुने अपेक्षा गरिएको छ।

२३ साउन, काठमाडौं । विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डि’ओर २०२५ का लागि शीर्ष ३० खेलाडीको मनोनयन सूची सार्वजनिक गरिएको छ।

फ्रान्स फुटबल म्यागेजिनले बिहीबार राति सार्वजनिक गरेको सूचीमा पुरुष वर्ष खेलाडी, प्रशिक्षक, युवा खेलाडी र गोलकिपरसहित विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू समेटिएका छन्।

तर यो सूचीमा अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार लियोनल मेस्सी र पोर्चुगल तथा अल नासरका भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने अटाउन सकेनन्। सन् २००३ यता यी दुवै खेलाडी बालोन डि’ओरको मनोनयनमा नपरेको यो दोस्रो पटक हो।

उनीहरू गत वर्ष २०२४ को मनोनयन सूचीमा पनि परेका थिएनन्। मेस्सीले अहिलेसम्म सर्वाधिक ८ पटक बालोन डि’ओर जितेका छन् भने रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन्।

बालोन डि’ओर २०२५ को विजेता घोषणा समारोह आगामी महिनामा हुने अपेक्षा गरिएको छ। फुटबलमा व्यक्तिगत उत्कृष्टता, उपलब्धि र योगदानको मान्यता स्वरूप प्रदान गरिने यस अवार्डको लागि प्रतिस्पर्धा यस वर्ष पनि निकै रोचक हुने देखिएको छ।

मनोनयनमा परेका खेलाडीहरू

मनोनयनमा परेका ३० पुरुष खेलाडीहरू
मनोनयनमा परेका ३० महिला खेलाडीहरू
बालोन डि'ओर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय