+
एएफसी यू-२० महिला एसियन कप छनोट :

उत्तर कोरियासँग नेपाल ११-० ले पराजित

२०८२ साउन  २५ गते १५:४३ २०८२ साउन २५ गते १५:४३
उत्तर कोरियासँग नेपाल ११-० ले पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत उत्तर कोरियासँग ११-० ले पराजित भएको छ।
  • उत्तर कोरियाले समूहका सबै ३ खेल जितेर ९ अंक जोड्दै थाइल्याण्डमा हुने फाइनलमा छनोट भएको छ।
  • नेपालले ३ खेलबाट ४ अंक जोड्दा छनोट हुने सम्भावना सकिएको छ र उत्कृष्ट दोस्रो हुने सम्भावना पनि समाप्त भएको छ।

२५ साउन, काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत समूह ए को आफ्नो अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११-० को पराकिलो अन्तरले पराजित भएको छ ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको खेलमा बलियो टिम उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको हो ।

समूहको सबै ३ खेल जितेको उत्तर कोरिया ९ अंक जोडेर समूह विजेता बन्दै अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू-२० महिला एसियन कपमा छनोट भएको छ । उत्तर कोरिया साविक विजेता समेत हो । उत्तर कोरियाले छनोटमा कूल ३६ गोल गर्दा कुनै गोल बेहोरेन ।

छनोटमा नेपालको यो पहिलो हार हो र यो हारपछि नेपालको छनोट हुने सम्भावना सकिएको छ । नेपालले ३ खेलबाट ४ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा भुटानसँग १-१ को बराबरी खेल्दा साउदी अरेबियासँग १-० ले विजयी भएको थियो ।

छनोटमा ८ समूहको विजेता सिधै छनोट हुनेछ भने उपविजेता हुने मध्ये उत्कृष्ट ३ टोली पनि अन्तिम चरणमा छनोट हुने प्रावधान छ । तर ५ वटा समूहमा दोस्रो हुने टिमको यसअघि नै ६ अंक भएकोले नेपालको उत्कृष्ट दोस्रो हुने सम्भावना पनि सकिएको छ ।

नेपालले भुटान र साउदीलाई हराएर उत्तर कोरियासँग बराबरी खेल्दै छनोट हुने लक्ष्य राखेपनि सफल हुन सकेन ।

यू-२० महिला एसियन कप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय