+
+
Shares

सुनसरीमा बस र माइक्रो ठोक्किंदा ३ जनाको मृत्यु, १५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २६ गते ९:५२

२६ साउन, धरान (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन एक आपसमा ठोक्किंदा तीन जनाको निधन भएको छ । १५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार निधन हुनेको पहिचान खुलेको छैन । घाइतेहरुको इनरुवा, विराटनगर न्यूरो, नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी प्रवक्ता खतिवडाले बस चालक  झापा अर्जुनधारा नगरपालिका-१, का गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

-राससबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?