+
+
Shares

माग्ने बुढा, दीपिका प्रसाईं, प्रमोद अग्रहरीले छाने ‘मिसेस नेपाल’का प्रतिस्पर्धी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिसेस नेपाल वर्ल्ड २०२५ को अडिसन नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा भदौ १८ गतेदेखि प्रशिक्षणसहित सुरु भएको छ।
  • अडिसनमा ५६ प्रतिस्पर्धीबाट १९ जना छनोट भएका छन् र ग्रान्ड फिनाले असोज २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ।
  • विजेताले अमेरिकाको लस-भेगासमा हुने मिसेस वर्ल्ड र सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

काठमाडौँ । विवाहित महिलाको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’को अडिसन चलिरहेको छ ।

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, प्रमोद अग्रहरि, दीपिका प्रसाईँ लगायतले प्रतिस्पर्धीलाई छनोट गरेका थिए ।

अडिसनमा ५६ जनाबाट १९ जना छानिएको आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी दिए ।

अडिसनको जजमा गएको वर्षको मिसेस नेपाल वर्ल्ड विजेता डेनिला कार्कीसँगै मिसेस नेपाल वर्ल्डका कोरियोग्राफर अश्विनी झा थिए ।

अर्को अडिसन आगामी साउन ३१ गते गरिने बताइएको छ । अडिसन नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुने छ ।

इच्छुकले खल्ती एप, रिबन इन्टरटेनमेन्टको वेबसाइट वा आयोजकको शंखमूलस्थित कार्यालय तथा सोही दिन होटलमा प्रत्यक्ष आवेदन दिन सक्नेछन् ।

अडिसनबाट छनोट प्रतिस्पर्धीलाई कोरियोग्राफर अश्विनी झाले प्रशिक्षण दिनेछन् भने विभिन्न विषयका विज्ञले नियमित तालिम दिनेछन् । गंगा महर्जन र सम्राट शाहको संयोजनमा प्रशिक्षण सत्र भदौ १८ गतेदेखि सुरु हुनेछ ।

यस वर्षको ग्रान्ड फिनाले असोज २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । सोही अवसरमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि घोषणा गरिने छ ।

यसवर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकाको लस-भेगासमा हुने मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।

मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताले सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागी हुने मौका पाउनेछन् ।
मिसेस वर्ल्ड २०२२ मा नेपालको तर्फबाट दीक्षा केसीले सहभागिता जनाएकी थिइन्

मिसेस वर्ल्ड २०२३ मा पृथ्वीया थापाले सहभागीता जनाएर मिसेस ह्युमनिटरियन सहउपाधि अवार्ड प्राप्त गर्न सफल भएकी थिइन् । यसवर्ष डेनिलाले मिसेस वल्र्ड २०२५ मा प्रतिनिधित्व जनाउने छिन् ।

यसवर्ष पनि नेपाली फिल्म क्षेत्रमा सक्रिय एक ख्यातिप्राप्त अभिनेत्रीलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरिने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?