+
+
Shares

राप्रपाको युवा संगठनमा विवाद के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं अधिवेशन विवादका कारण स्थगित भएको छ।
  • अध्यक्ष राजेन्द्र लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिएका थिए भने असन्तुष्ट पक्षले समिति गठन गरेको घोषणा गरेको छ।
  • असन्तुष्ट पक्षले निर्वाचन समिति एकलौटी र विधानसम्मत नभएको आरोप लगाउँदै नयाँ समिति सहमतिमा गठन गर्न माग गरेको छ।

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौंको अधिवेशन बिथोलिएको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहेको अधिवेशनमा दुई पक्षबीच विवाद भएको छ । अधिवेशनमा हात हालहालको अवस्था उत्पन्न भएपछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिएका छन् । नाराबाजी सुरु भएपछि सम्मेलन बिथिलिएको छ ।

अध्यक्ष लिङ्देनको निर्देशन असन्तुष्ट पक्षले अस्वीकार गर्दै समिति गठन गरेको घोषणा गरेको छ । निर्वाचन समिति एकलौटी बनाएको हुँदा विवाद उत्पन्न भएको असन्तुष्ट पक्षको दाबी छ ।

विधानसम्मत अधिवेशन नभएको आरोप असन्तुष्ट पक्षको छ । काठमाडौं अधिवशेनका लागि गठन गरेको निर्वाचन समिति विधिसम्मत नभएको असन्तुष्ट पक्षको दाबी छ । निर्वाचन कार्यतालिका सार्वजनिक नगरी र प्रतिनिधि यकिन नगरी अधिवेशन गर्न लागिएको संस्थापनइतरको भनाइ छ ।

जिल्ला अधिवेशन विधानसम्मत गर्नुपर्ने महामन्त्री डा. धवलशमशेर राणा पक्षको माग छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विधिवत गठन भएका स्थानीय तहका समिति वा अधिवेशन सम्पन्न भएका समिति मात्र कायम गरिनुपर्ने संस्थापनइतर पक्षको माग छ ।

विधिभन्दा बाहिर रहेर गठन भएका वैधानिक समिति विरुद्ध गठन गरिएका समितिलाई मान्यता दिनु नहुने अडान इतरको पक्षको छ ।

सम्बन्धित नगर/प्रदेश/क्षेत्रको पार्टी अध्यक्षको उपस्थितिमा सम्पन्न भएको अधिवेशनलाई मात्रै मान्यता दिनुपर्ने, निर्वाचन कार्यतालिका निर्वाचनभन्दा २४ घण्टा अघि प्रकाशित गर्नुपर्ने र ‘अवैधानिक निर्वाचन समिति’ विघटन गरी नयाँ निर्वाचन समिति सहमतिमा गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?