+
+
Shares

रसुवामा बस दुर्घटना, १२ जना घाइते

रसुवाको पासाङल्हामू मार्गअन्तर्गत लहरेपौवामा बा ४ ख ८४३५ नम्बरको बस दिउँसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको बा ४ ख ८४३५ नम्बरको बस लहरेपौवामा दुर्घटना भएको छ।
  • दुर्घटनामा १२ जना यात्रु घाइते भएका छन् र एकजनाको अवस्था गम्भीर रहेको छ।
  • घाइते सबैलाई जिल्ला अस्पताल त्रिशुली पठाइएको छ।

२९ साउन, काठमाडौं। रसुवाको गत्लाङबाट काठमाडौं आउँदै गरेको बस उत्तरगया गाउँपालिका वडा-५ लहरेपौवामा दुर्घटना भएको छ।

रसुवाको पासाङल्हामू मार्ग अन्तर्गत लहरेपौवामा बा ४ ख ८४३५ नम्बरको बस दिउँसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रसुवाका इन्स्पेक्टर राजु शाहले जानकारी दिए ।

उनका अनुसार दुर्घटना बस सडकबाट ३० मिटर तल बसेको छ भने १२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको उनले बताए ।

घाइते भएका सबैलाई जिल्ला अस्पताल त्रिशुली पठाइएको इन्स्पेक्टर शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?