+
टप एण्ड टी-२० सिरिज :

टप एण्ड टी-२० सिरिज : नेपाललाई एनटी स्ट्राइकको प्रतिस्पर्धात्मक लक्ष्य

२०८२ साउन  ३० गते १५:५७ २०८२ साउन ३० गते १५:५७
टप एण्ड टी-२० सिरिज : नेपाललाई एनटी स्ट्राइकको प्रतिस्पर्धात्मक लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीसँगको टप एण्ड टी-२० सिरिजको पहिलो खेलमा १७८ रनको लक्ष्य पाएको छ।
  • एनटीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको छ, कप्तान डार्सी शर्टले ५१ रनको अर्धशतकीय पारी खेले।
  • नेपालका सन्दीप लामिछानेले ४ ओभरमा ३ विकेट लिए भने शाहब आलमले २ विकेट लिए।

३० साउन, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेल खेलिरहेको नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।

एनटीले नेपाललाई १७८ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एनटीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनायो ।

एनटीका लागि कप्तान तथा ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै टम एन्ड्रयुजले अविजित ३२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिए । शाहब आलमले ३२ रन दिएर २ विकेट तथा गुल्शन झा, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले १-१ विकेट लिए ।

एनटी स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो ।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।

नेपालले यसपछि बंगलादेश ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

टप एण्ड टी–२० सिरिज नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय