
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनबीच ३० साउन, काठमाडौंमा युद्धबिरामबारे भेटवार्ता हुँदैछ।
- युक्रेनी सेनाले रुसको समारा क्षेत्रको सिजरान तेल प्रशोधन केन्द्रलाई आक्रमण गरेको र रुसी सेनाले युक्रेनको सुमीमा आक्रमण गरेको छ।
- ट्रम्पले पुटिनसँग वार्ता सकारात्मक भए युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई दोस्रो चरणको वार्ताका लागि बोलाउने बताएका छन्।
३० साउन,काठमाडौं । रुस–युक्रेन युद्धबिरामबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनबीच आज भेटवार्ता हुँदैछ ।
तर, ट्रम्प–पुटिन शिखरवार्ता सुरु हुनुभन्दा पनि पहिले पनि रुस र युक्रेनबीच युद्ध रोकिन सकेको छैन ।
युक्रेनी सेनाका अनुसार उसको विशेष सुरक्षा बलले रुसमाथि बिहीबार रातभर कयौं आक्रमण गरेका छन् ।
टेलिग्राममा जारी गरिएको एक बयानमा युक्रेनी सेनाले रुसको समारा क्षेत्रमा रहेको सिजरान तेल प्रशोधन केन्द्रलाई निसाना बनाएको उल्लेख छ ।
यो तेल प्रशोधन केन्द्र रुसको दक्षिणी–पश्चिमी भागमा अवस्थित छ । सिजरान शहरको नामबाट तेल प्रशोधन केन्द्रको नामाकरण गरिएको हो ।
यो प्रशोधन केन्द्रबाट रुसी सेनाका लागि कयौं किसिमका इन्धन सप्लाइ हुने गरेको युक्रेनी सेनाको दाबी छ ।
यस्तै रुसले पनि युक्रेनको उत्तर-पूर्वी शहर सुमीमा आक्रमण गरेको युक्रेनी आपतकाल सेवालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । रुसी आक्रमणबाट त्यहाँको एक पेट्रोल पम्पमा आगलागी भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार फक्स न्यूज रेडियोसँग कुरा गर्दै पुटिनसँग वार्ता सकारात्मक भए युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई दोस्रो चरणको वार्ताका लागि बोलाउने बताएका थिए ।
युक्रेन र रुसी अधिकार क्षेत्रका विषयमा ट्रम्पले सीमाका भूभाग लेनदेन गरेर सम्झौता हुनुपर्ने औंल्याएका थिए ।
प्रतिक्रिया 4