+
टप एण्ड टी-२० सिरिज :

टप एन्ड टी-२० सिरिज : नेपाल एनटी स्ट्राइकसँग पराजित

२०८२ साउन  ३० गते १७:३५ २०८२ साउन ३० गते १७:३५
टप एन्ड टी-२० सिरिज : नेपाल एनटी स्ट्राइकसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीसँगको टप एण्ड टी-२० सिरिजको पहिलो खेलमा ४२ रनले पराजित भएको छ।
  • एनटीले दिएको १७८ रनको लक्ष्य नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३५ रनमा पूरा गर्‍यो।
  • नेपालले भोलि बंगलादेश ‘ए’ सँग खेल्नेछ र प्रतियोगिता २४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुनेछ।

३० साउन, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग पराजित भएको छ ।

नेपाललाई एनटीले ४२ रनले हराएको हो । एनटीले दिएको १७८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए भने गुल्शन झाले २६ रन बनाए । कप्तान रोहित पौडेलले २३ रन बनाए ।

एनटीका लागि म्याट हामोन्डले ३ विकेट लिए भने टम एन्ड्रयुज र केन रिचार्डसनले २-२ तथा हामिश मार्टिनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एनटीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

एनटीका लागि कप्तान तथा ओपनर डार्सी शर्टले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै टम एन्ड्रयुजले अविजित ३२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिए । शाहब आलमले ३२ रन दिएर २ विकेट तथा रुपेश सिंह, दिपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले १-१ विकेट लिए ।

एनटी स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो ।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।

नेपालले अब भोलि बंगलादेश ‘ए’ सँग खेल्नेछ ।

टप एण्ड टी–२० सिरिज नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय