+
+
Shares

कैलाली हाजिर भए सीडीओ, सुरक्षा प्रमुखबाट लिए ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३० गते २०:३१

३० साउन, धनगढी । गृह मन्त्रालयले खटाएका कृष्णप्रसाद लम्सालले कैलालीको प्रमुख जिल्ला अधिकारी(सीडीओ) को जिम्मेवारी सम्हालेका छन् । बिहीबार कैलाली आइपुगेका लम्सालले शुक्रबारदेखि प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्दै काम थालेका छन् ।

लम्सालले पहिलो दिन कैलाली कारागारमा गत शुक्रबार भएको घटना र त्यसपछि सिर्जना भएको परस्थितीबारे बिफ्रिङ लिएका छन् । उनले जिल्ला सुरक्षा समितिको बैठक बोलाएर चार वटै सुरक्षा निकायका प्रमुखबाट घटनाबारे बिफ्रिङ लिएका थिए ।

शुक्रबार नै उनले कारागारमा भएको हिंसात्मक घटनाका कैदीबन्दीलाई सेती प्रादेशिक र मातहतको कोरोना अस्पतालमा पुगेर भेटेका छन् भने कारागारको समेत निरीक्षण गरेका छन् । प्रमुख जिल्ला अधिकारी लम्सालले घटनाबारे बिफ्रिङ लिएको बताउँदै गहिरो रुपमा अध्ययन गरेपछि मात्र थप कुरा जानकारी दिएका बताए ।

‘मैले आजदेखि प्रमुख जिल्ला अधिकारीका रुपमा काम थालेको छु । आज कैलाली कारागारमा २२ गतदेखि भएको घटनाका सम्बन्धमा सुरक्षा प्रमुखबाट बुझ्ने काम भएको छ । अस्पतालमा रहेका घाइते कैदीबन्दीको अवस्था पनि बुझिएको छ’ प्रजिअ लम्सालले भने, ‘कारागार घटनाबारे छानविन गर्न समिति पनि बनेको रहेछ । प्रतिवेदन आएपछि धेरै कुरा थाहा हुन्छ होला । अहिले गहिरो रुपमा अध्ययन भइरहेको छ । त्यसपछि थप कुरा भन्न सकिएला ।’

प्रजिअ हमालले घाइते अवस्थामा रहेका र अस्पतालबाट डिस्चार्ज भइसकेका कैदीबन्दीको व्यवस्थापन के–कसरी गर्न सकिन्छ ? भन्ने विषयमा पनि छलफल थालिएको बताए । जिल्ला प्रशासन कार्यालयकाअनुसार अस्पतालबाट डिस्चार्ज भएका मध्ये पाँच जना कैदीबन्दीको मागबमोजिम कारागार स्थानान्तरण गरिएको छ । चार जनालाई कञ्चनपुर कारागार पठाइएकोमा शुक्रबार मात्र एक जनालाई नवलपरासी पठाइएको छ ।

गत शुक्रबार राति कैलाली कारागारको ए ब्लकमा रहेका कैदीबन्दीले भित्ता फुटाएर ब्लक बी मा आक्रमण गर्दा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए । घटनामा गम्भीर लापरवाही गरेको भन्दै गृह प्रशासनले प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई गृह मन्त्रालय तान्दै उनको ठाउँमा दाङका प्रमुख जिल्ला अधिकारी रहेका कृष्णप्रसाद लम्साललाई खटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?