+
+
Shares

सर्लाहीमा गोली हानेर शिक्षकको हत्या गर्ने एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते ९:१३

३१ साउन, काठमाडौं । सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्या भएको छ । शिक्षक रामपुकार यादवको हत्या भएको प्रहरीले जनाएको छ ।

शिक्षक यादवमाथि राति साढे ८ बजेतिर घर अगाडि मोटरसाइकलमा आएका हतियारधारीले गोली हानेर भागेका थिए ।

टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

शिक्षकलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् तर प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । गोली प्रहार गरी भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा ती व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्ति पनि दुर्घटनामा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईले जानकारी दिए । उनको सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालबाट थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

घटनामा संलग्न केही व्यक्ति भने फरार छन् । उनीहरुको खोजी भरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?