+
+
Shares

आक्रमण गर्ने वकिललाई कारबाही गर्न माग गर्दै पत्रकार आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते ९:१३

१ भदौ, जनकपुरधाम । आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर्न माग गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले आन्दोलनको घोषणा गरेको छ ।आन्दोलनअन्तर्गत आजदेखि जिल्ला प्रशासन कार्यालय धनुषामा बिहान ११ बजेदेखि धर्नाको कार्यक्रम रहेको छ ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा आजदेखि आन्दोलनको कार्यक्रम रहेको प्रदेश अध्यक्ष श्यामप्रसाद बञ्जाराले जानकारी दिए । धर्ना कार्यक्रममा सहभागी हुन नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष पुरण गुप्ताले सम्पूर्ण पत्रकारहरूलाई आग्रह गरेका छन् ।

गुठी संस्थानबाट कानुनी प्रक्रियाबाट प्राप्त गरेको चार कठ्ठा जग्गा संरक्षणको क्रममा नेपाल बार एशोसिएसन जनकपुरका पदाधिकारीसहित वकिलहरुले गत साउन २७ गते पत्रकारहरुमाथि आक्रमण गरेका थिए । सो क्रममा महासंघका प्रदेश अध्यक्ष श्याम बञ्जारा, उपाध्यक्ष ज्योती झा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकारहरु दिवाकर राय, अनिल निराला घाइते भएका थिए ।

घटनामा संलग्न पाँचजना वकिलहरू विरुद्ध साउन २८ गते नै जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको छ । तर, हालसम्म प्रहरीले दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही अगाडि नबढाएको भन्दै महासंघ आन्दोलनमा उत्रेको हो ।

शनिबार पत्रकार महासंघ धनुषा शाखामा भएका पत्रकारहरूको भेलाले प्रहरी प्रशासनविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?