+
+
Shares
बक्सअफिस :

‘मोहर’ ले दशौं दिन आइतबार अपराह्नसम्म कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १ गते १६:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पल शाह स्टारर फिल्म 'मोहर'ले प्रदर्शनको १० दिनमा ३ करोड ७ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • फिल्मको बजेट १ करोड ८६ लाख रुपैयाँ भए पनि लगानी उठाउन ४ करोड हाराहारी कमाउनुपर्नेछ।
  • दुई भारतीय फिल्म 'वार २' र 'कुली'ले 'मोहर'को कमाइमा खासै असर नपारेको निर्देशक ओम प्रतीकले देखाएका छन्।

काठमाडौं । पल शाह स्टारर फिल्म ‘मोहर’ ले सिनेपाः बक्स अफिसमा सुखद कमाइलाई निरन्तरता दिइरहेको छ ।

प्रदर्शनको १० दिन आइतबार अपराह्न ४ बजेर १५ मिनेटसम्म यो फिल्मको कूल कलेक्सन ३ करोड ७ लाख रुपैयाँ ग्रस छ ।

फिल्मको कमाइमा दोस्रो सप्ताहन्तको हिसाब पनि सामेल छ । फिल्मको बजेट १ करोड ८६ लाख रुपैयाँ बताइएको छ । यसो हो भने, लगानी उठाउन हलबाट मात्र फिल्मले ४ करोड हाराहारीमा कमाउनुपर्छ । अरु विन्डोबाट भने फिल्मले लगानी सुरक्षित गरेको जनाइएको छ ।

विहिबारदेखि प्रदर्शनमा आएका दुई भारतीय फिल्म ‘वार २’ र ‘कुली’ले पनि ‘मोहर’लाई खासै असर नपारेको देखिएको छ । फिल्मको दोस्रो सप्ताहन्तको कमाइ आकर्षक नै मान्नुपर्छ ।

यो कमाइले पल शाह, नीति शाह र बेनिशा हमाललाई राहत दिएको छ । निर्देशक ओम प्रतीकको कमब्याक सशक्त देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?