
२ भदौ, काठमाडौं । स्थानीय बजारमा सुकेकाे माछाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार सोमबार सुकेको माछाको मूल्य बढेको हो ।
समितिको तथ्यांक अनुसार आज सुकेको माछा किलोमा १० रुपैयाँ बढेको छ । हिजो आइतबार सुकेको माछा प्रतिकिलो औसतमा ९ सय रुपैयाँमा किनबेच भएको थियो । आज सोमबार भने प्रतिकिलो ९ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै कालीमाटी बजारमा रहु, बचुवा र छडी गरी ३ प्रकारका ताजा माछा पनि किन्न पाइन्छन् ।
रहु माछाको औसत मूल्य किलोको ३ सय २५ रुपैयाँ तोकिएको छ । यस्तै बचुवा माछाको मूल्य २ सय ७२ र छडी जातिका माछा २ सय ३० रुपैयाँमा किनबेच भइरहेको समितिको तथ्यांकले देखाउँछ ।
निकै स्वादिलो मानेर खाइने माछाका अनेक परिकार बनाउन सकिन्छ । माछालाई तारेर, उसिनेर, झोल हालेर, साँधेर पनि बनाउन सकिन्छ ।
प्रतिक्रिया 4