+
+
Shares

रवि लामिछानेको स्वास्थ्यमा समस्या, अस्पताल पठाइयो रगत

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेलाई स्वास्थ्य समस्या देखिएपछि रगत परीक्षणका लागि अस्पताल पठाइएको छ।
  • उपसभापति डोलप्रसाद अर्यालले नख्खु कारागारमा भेट्दा लामिछानेलाई छालामा पहेँलो देखिएको थियो।
  • लामिछानेलाई दुई दिनअघि भैरहवा कारागारबाट नख्खु कारागार स्थानान्तरण गरिएको थियो।

२ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ ।

रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार गएका थिए ।

सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको र अहिले रगत परीक्षणका लागि अस्पताल पठाइएको हो ।

‘उहाँको स्वास्थ्यमा केही समस्या हो कि जस्तो लागेर जाँचका लागि उपसभापतिज्यूले पनि भन्नुभयो,’ झाले भने, ‘अहिले रगत परीक्षणका लागि पठाइएको छ ।’

रगतको रिपोर्ट भने आइनसकेको झाले बताए ।

लामिछानेलाई दुई दिन अघिमात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरेर नख्खु कारागार ल्याइएको थियो ।

उक्त दिन उनलाई करिब ४ सय कैदीबन्दी राखिएको ब्लकमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?