
२ भदौ, काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद् निकट स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदनलगत्तै सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिवेदन अनुसार बीमा प्राधिकरणको अध्यक्षका लागि उनको योग्यता अपर्याप्त रहेको, कानुन अनुसारको योग्यताका लागि सम्बन्धित क्षेत्रमा थप काम गर्नुपर्ने र कार्यक्षमता लगायतका विषयमा प्रश्न उठाउँदै समितिले प्रतिवेदन बुझाएको थियो ।
ओझालाई सरकारले गत १२ फागुनमा बीमा कम्पनीहरूको नियामक निकाय नेपाल बीमा प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो ।
उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले १७ चैतमा रिट दायर गरेकी थिइन् ।
प्रतिक्रिया 4