+
+
Shares

गौर नरसंहारको अनुसन्धान अघि बढाउने आदेशपछि सुरक्षा निकायका प्रमुखसँग गृहमन्त्रीको छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १३:२८

३ भदौ, काठमाडौं । गौर नरसंहारको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले आदेश दिएसँगै गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर छलफल गरेका छन् ।

सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त हत्याकाण्डमा छानबिनको काम अघि बढाउन आदेश दिएको थियो ।

त्यसपछि गृहमन्त्री लेखकले मंगलबार मन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाका प्रमुख हुतराज थापालाई बोलाएर छलफल गरेका हुन् ।

गृह स्रोतका अनुसार छलफल जारी छ ।

७ चैत २०६३ मा रौतहटको गौरस्थित राइस मिलको चौरमा भएको आक्रमणमा माओवादीका २७ जना कार्यकर्ता मारिएका थिए भने सयभन्दा बढी घाइते भएका थिए ।

त्यो दिन मधेशी जनअधिकार फोरम र माओवादीको मधेशी मुक्ति मोर्चाले एकै दिन उही समयमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?