
News Summary
Generated by OK AI. Editorially reviewed.- जनमत पार्टीले कृषि विद्युतीकरणका लागि मापदण्ड बनाएर लागू गर्न र मृतक किसानका परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ।
- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ज्ञापन पत्र बुझाउँदै जनमतले कृषि मिटर र बिल निःशुल्क गर्नुपर्ने बताएको छ।
- पछिल्लो पाँच वर्षमा करेन्ट लागेर ४४९ जना किसानको मृत्यु भएको र पोलमा डिस्ट्रिब्युसन बक्सको व्यवस्था गर्नुपर्ने जनमतको भनाइ छ।
३ भदौ, काठमाडौं । जनमत पार्टीले कृषि विद्युतीकरणका लागि मापदण्ड बनाएर लागु गर्न माग गरेको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ज्ञापन पत्र बुझाउँदै जनमतले यस्तो माग गरेको हो ।
पछिल्लो पाँच वर्षमा कृषि विद्युतीकरण गर्ने क्रममा करेन्ट लागेर ४४९ जना किसानको मृत्यु भएको भन्दै खेतको पोलमा डिस्ट्रिब्युसन बक्सको व्यवस्था गर्नुपर्ने, विद्युतीकरणका क्रममा घाइते तथा मृतक किसानका आफन्तलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, विद्युतीय कृषि बीमा लागु गर्नुपर्ने र कृषि मिटर र बिल निःशुल्क गर्नुपर्ने माग जनमतले राखेको छ । ।
कृषि विद्युतीकरण गर्ने क्रममा गाडिएका पोलतार मापदण्डबिना नै खेतखेतमा पुर्याइँदा दिन प्रतिदिन किसानले अकालमै ज्यान गुमाउनु परेको जनमतको भनाइ छ ।
विद्युत् पोलमा डिस्ट्रिब्युसन बक्सको व्यवस्था नहुँदा किसानले आफ्नो कृषि मिटर लुज हुकिङ गर्न बाध्य हुँदा दुर्घटना हुने गरेको जनमतको भनाइ छ ।
प्रतिक्रिया 4