+

साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ

२०८२ भदौ  ३ गते १५:०६ २०८२ भदौ ३ गते १५:०६
साफ यू-१७ महिला च्याम्पियनसिपको उपाधि जित्‍ने लक्ष्य छ : प्रशिक्षक श्रेष्ठ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली यू-१७ महिला टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने मुख्य लक्ष्य भएको बताए।
  • प्रतियोगिता भुटानको चाङ्लिमिथाङ रंगशालामा अगस्ट २० देखि ३१ सम्म खेलिनेछ ।
  • नेपालले पहिलो खेलमै अगस्ट २० मा भारतसँग प्रतिस्पर्धा गर्नेछ।

३ भदौ, काठमाडौं । नेपाली यू-१७ महिला फुटबल टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने मुख्य लक्ष्य भएको बताएका छन् ।

अगस्ट २० देखि ३१ सम्म भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने प्रतियोगिताअघि मंगलबार भएको प्रि–म्याच कन्फेरेन्समा प्रशिक्षक चेतनारायण श्रेष्ठले टोलीको तयारी र लक्ष्यबारे यस्तो बताएका हुन् ।

‘हामीले राम्रो तयारी गरेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो ।’ श्रेष्ठले भने ।

टिममा अघिल्लो संस्करण खेलेको खेलाडी रहेकोले प्रदर्शन पनि निखारिएको र सबै पक्षमा काम गरेको प्रशिक्षक श्रेष्ठले बताए । ‘हामीले टेकनिकल र ट्याक्टिकल पक्षमा काम गरेका छौं । अघिल्लो संस्करण खेलेका खेलाडीको बाहुल्य रहेको छ, हामीले पोजिसन अनुसार खेलाडीको प्रदर्शनलाई निखारेका छौं,’ श्रेष्ठले भने, ‘साफ च्याम्पियनसिपको मुख्य उद्देश्य भनेको खेलाडी विकास पनि हो । यस्ता खालका प्रतियोगिताबाट खेलाडीले सिक्ने मौका पाइरहेका हुन्छन्, एक्सपोजर पाइरहेका हुन्छन्।’

उनले बलियो प्रतिद्वन्द्वी भारतसँग मुख्य प्रतिस्पर्धा हुने बताए । ‘अघिल्लो वर्ष यु–१६ मा हामी घरेलु मैदानमै भारतसँग पराजित भएका थियौं । तर यसपटक त्यो गल्ती सच्याएका छौं । खेलाडीले मौकालाई सदुपयोग गर्न सके भारतलाई हराउन सक्छौं’ प्रशिक्षक श्रेष्ठले भने।

उनका अनुसार टोलीले टिम गेममा विशेष ध्यान दिएको छ। ‘जित्नै पर्छ भन्ने दबाब मैले लिएको छैन। दबाब लिए खेलमा असर पर्छ। खेलाडीले सिकेका कुरालाई खेलमै प्रयोग गर्नेछन् भन्ने विश्वास लिएको छु’ उनले थपे ।

ड्रेसिङ रुमको वातावरणबारे प्रशिक्षक श्रेष्ठले भने, ‘माहोल राम्रो छ । टोलीमा जितको भावना छ । सबै खेलाडी आफ्नो भूमिकामा तयार छन् र जित्नका लागि मोटिभेटेड छन् ।’ उनले अन्त्यमा नेपाली समर्थकहरुलाई साथ र हौसला दिन अपील गरे।

यसपटकको च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् । प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

नेपालले आफ्नो पहिलो खेलमै अगस्ट २० मा भारतविरुद्ध खेल्नेछ । सोही दिन आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालको खेल तालिका

अगस्ट २० : नेपाल र भारत

अगस्ट २२ : नेपाल रभुटान

अगस्ट २४ : नेपाल र बंगलादेश

अगस्ट २७ : बंगलादेश र नेपाल

अगस्ट २९ : भारत र नेपाल

अगस्ट ३१ : भुटान र नेपाल

नेपाली टोली

झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल।

साफ यू-१७ महिला च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय