+
+
Shares

पानी नपरेपछि भ्यागुताको बिहे

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १४ गते १४:५८

१४ साउन, झापा । साउनको दोस्रो साता बित्दा पनि पानी नपरेपछि झापाका किसानले भ्यागुताको बिहे गरेका छन् । कन्काइ नगरपालिका-१ दुर्गापुरस्थित दुर्गा मन्दिरमा पानी पर्ने आशमा किसानले भव्यरुपमा भ्यागुताको बिहे गरेका हुन् ।

कन्काइ नगरपालिका-१ को बेहुला भ्यागुता र ७ की बेहुली भ्यागुताबीच सोही स्थानका किसान भेला भएर विवाह गराएका हुन् । कसानले पानी पार्न प्राकृतिक शान्तिका लागि बरण देवताको पूजा, सन्सारी माईको पूजा, नाग नागिनीको पूजा, चण्डी पाठ, ईन्द्र देवताको पूजा गर्नुको साथै एक हजार आठवटा पिपलको पातमा ‘ऊँ कम बरणाय नमः’ लेखी सेलाइएको थियो ।

विभिन्न देवीदेवताको पूजा गरेर भ्यागुताको बिहे गर्दा ईन्द्र खुसी भएर पानी पर्छ भन्ने धार्मिक विश्वासले पण्डित टङ्कमणि काफ्ले विवाह सम्पन्न गर्नुभएको स्थानीय कृषक यशोदा भट्टराईले बताए ।

विवाहको संयोजन दुर्गा मन्दिर व्यवस्थापन समितिले गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?