+

जेभियर र सीसीआरसी अन्तरकलेज छात्र बास्केटबलको सेमिफाइनलमा

२०८२ भदौ  ४ गते २०:४२ २०८२ भदौ ४ गते २०:४२
जेभियर र सीसीआरसी अन्तरकलेज छात्र बास्केटबलको सेमिफाइनलमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेभियर इन्टरनेसनल कलेज र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
  • जेभियर समूह \'ए\' को विजेता र सीसीआरसी समूह \'बी\' को उपविजेता बने।
  • ग्रिनफिल्ड र प्रिमियरले अर्को सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

४ भदौ, काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको भएपनि बुधबारको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाएको हो । जेभियर अपराजित रहँदै समूह ‘ए’ को विजेता तथा सीसीआरसी समूह ‘बी’ को उपविजेता बने ।

सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा जेभियरले ग्रिनफिल्ड नेसनल कलेजलाई ७४–६१ ले पराजित ग¥यो । जेभियरका साइरस मगरले २४ अंक जोडे । ग्रिनफिल्ड पनि समूह उपविजेताका रुपमा सेमिफाइनल पुग्न सफल भयो ।

अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा सीसीआरसीले टाइम्स इन्टरनेसनल कलेजलाई ५७–५१ ले हरायो । सीसीआरसीका तुसार महर्जनले २६ स्कोर गरे ।

सेमिफाइनलमा सीसीआरसीको भेट जेभियरसंग हुनेछ । अर्को सेमिफाइनलमा ग्रिनफिल्डले समूह ‘बी’ को विजेता प्रिमियरको सामना गर्ने छ ।

प्रतियोगिताबाट बाहिरीसकेका दुई टोली गोल्डेनगेट ‘ए’ र गोल्डेनगेट ‘बी’ ले पनि जित निकाले । गोल्डेनगेट ‘ए’ ले मल्पीलाई ३८–२३ तथा गोल्डेनगेट ‘बी’ ले पुष्पसदनलाई ६६–४० ले पाखा लगाए ।

गोल्डेनगेट ‘ए’ का प्रज्ज्वल अधिकारीले १२ तथा गोल्डेनगेट ‘बी’ का सागर लामिछानेले २० अंक जोडे ।

अन्तरकलेज प्लस टु छात्र बास्केटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय