News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको अन्तिम लिग खेलमा पाकिस्तान शाहीन्ससँग खेल्दैछ।
- नेपालले ५ खेलमा २ जित र ३ हारसहित सातौं स्थानमा छ भने पाकिस्तान ५ खेलमा ३ जितसहित दोस्रो स्थानमा छ।
- नेपाल सेमिफाइनलमा स्थान बनाउनका लागि पाकिस्तानलाई जित्नुपर्नेछ र अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।
६ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपालले आज पाकिस्तान शाहीन्ससँग खेल्दै छ ।
डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा ३ बजे सुरु हुनेछ ।
नेपाल हालसम्म खेलेका पाँचमध्ये तीन खेलमा पराजित हुँदा दुई खेलमा जित निकालेको छ । सुरुवाती ३ खेलमा लगातार पराजय भोगेको नेपालले त्यसपछि लगातार २ जित निकालेको हो ।
नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
मंगलबार भएको चौथो खेलमा नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको नेपालले त्यसपछि बुधबार मेलबर्न रेनेगेड्सलाई ३३ रनले हराएको थियो ।
पाकिस्तानले भने ५ खेलमा ३ जित निकालेको छ । ११ टोली सहभागी यस सिरिजमा सबै टोलीले ६-६ लिग खेल खेलेपछि शीर्ष ४ मा रहने टोलीले सेमिफाइल खेल्नेछन् ।
नेपाल हाल ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा छ भने पाकिस्तान ५ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । पाकिस्तानले सेमिफाइनल खेल्ने प्रवल सम्भावना रहँदा नेपाललाई भने जित आवश्यक रहनेछ र अन्य टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ ।
नेपालले पाकिस्तानलाई राम्रो अन्तरले हराएर अन्य नतिजाहरू आफू अनुकुल आएमा सेमिफाइनल प्रवेश गर्नेछ ।
प्रतिक्रिया 4