
News Summary
Generated by OK AI. Editorially reviewed.- मिस नेपाल २०२५ को काठमाडौं अडिसनमा शारिरिक अपांगता भएकी रोशनी नामक प्रतिस्पर्धी र कोरियोग्राफर रचना गुरुङ शर्मा बीचको संवाद सामाजिक संजालमा भाइरल बनेको छ।
- रोशनीले जन्मदेखि नै हातको समस्या भएको बताएकी छन् र रचनाले उनलाई प्रशंसाको हकदार भएको उल्लेख गरेकी छन्।
- द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले आधा भिडियो मात्र हेरेर भ्रम फैलाउने कार्य भएको भन्दै पुरा भिडियो हेर्न आग्रह गर्नुभएको छ।
काठमाडौं । यतिबेला ‘मिस नेपाल २०२५’को काठमाडौं अडिसनको एक भिडियो क्लिप सामाजिक संजालमा भाइरल बनेको छ ।
टिकटक, रिल्समा ब्यापक सेयर भैरहेको छोटो भिडियोमा कोरियोग्राफर रचना गुरुङ शर्मा र अडिसन दिन आएकी शारिरिक अपांगता भएकी रोशनी नामक एक प्रतिस्पर्धीको संवाद छ ।
रचना भन्छिन्, ‘हामीले पहिलो प्रश्न के सोध्छौं भन्ने तिमीलाई पक्कै थाहा छ ।’ रोशनीले कुरा नुबझेर भन्छिन्- सरी ।
रचना भन्छिन्, ‘हामीले पहिलो प्रश्न के सोध्दैछौँ भन्ने पक्कै तिमीलाई थाहा छ ।’ त्यसपछि रचनाले अडिसन दिन आएकी रोशनीको हाततर्फ संकेत गर्दै भन्छिन्, ‘एक्सप्लेन । हातको एकपटक एक्प्लेन गर न ।’
त्यसपछि रोशनीले कुनै दुर्घटनाको कारणले नभएर जन्मदेखि नै हातको समस्या भएको बताएकी छन् । मेरी आमाले पनि म डिज्याब्लिटी भएको कुरा म जन्मिएपछि मात्र थाहा पाउनुभयो । म यो रुपमा जन्मिएदेखि नै निकै खुसी छु ।’
रचना फेरि भन्छिन्- तिमी यहाँ आइपुगेकी छौ र हामी निकै खुसी छौं । मलाई लाग्छ रोशनी प्रशंसाको हकदार छिन् ।’ रोशनीको सम्मानमा सबैले ताली बजाउँछन् ।
अनि रोशनी भन्छिन्- धेरै धेरै धन्यवाद !
जजको प्यानलमा रहेकी रचना र रोशनीबीच भएको संवाद यत्तिमात्र हो । तर, सामाजिक संजालमा संवादको पुरा भिडियो नहालेर, आधा मात्र भिडियो सेयर भैरहेको छ ।
दुई पक्षको संवादमा रोशनी पनि खुसी हुँदै जजलाई धन्यवाद दिएको देखिन्छ । जजले पनि ताली बजाउँदै उनलाई सम्मान गरेको देखिन्छ ।
सामाजिक संजालमा सेयर भैरहेको आधा भिडियोमा रचनाको प्रश्न राखिएको छ । त्यसपछिको कन्भर्सेसन राखिएको छैन ।
द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले पुरै भिडियो नहेरी, आधा भिडियो मात्र हेरेर दर्शकलाई भ्रम फैलाउने कार्य भएको बताए । उनले पुरा कन्भर्सेसन मात्र हेरेर धारणा बनाउन आग्रह गरे ।
पुरा भिडियो तलको युट्युब लिंकमा हेर्नुस ।
प्रतिक्रिया 4