
News Summary
Generated by OK AI. Editorially reviewed.- सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्ति नाम निकाल्ने भन्दै सञ्जिव राईलाई ठगी आरोपमा पक्राउ गरिएको छ।
- सञ्जिव राईले हेल्थ असिस्टेन्ट विषयमा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने भन्दै एक जनाबाट १ लाख ८५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।
- उनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
५ भदौ, काठमाडौ । सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्ण छात्रवृत्ति नाम निकाल्ने भन्दै ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२ सानोभर्याङ बस्ने २७ वर्षीय सञ्जिव राई छन् ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ घर भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनले हेल्थ असिस्टेन्ट विषयमा अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने भन्दै एक जनाबाट १ लाख ८५ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4