+
+
Shares

सरकारले संसद् छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्‍यो : वर्षमान पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १५:२०
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले संसद्‍लाई छलेर आर्थिक विधेयक पास भएको एक महिनामै करका दर हेरफेर गरेको आरोप लगाएका छन्।
  • उनले सलाइ बनाउन आवश्यक काठको भन्सार शुल्क, जुसमा ३५ प्रतिशत अन्तःशुल्क र औषधि प्याकेजिङमा प्रयोग हुने बोतलमा लगाइएको अन्तःशुल्क घटाइएको आरोप लगाए।
  • पुनले यस्तो करका दर हेरफेरलाई आर्थिक अपराध भनेका छन् र सरकारले संसद्‍लाई जानकारी गराउन माग गरेका छन्।

६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले संसद्‍लाई छलेर आर्थिक विधेयक पास भएको एक महिनामै करका दर हेरफेर गरेको आरोप लगाउँदै गम्भीर आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन् ।

सलाइ बनाउन आवश्यक काठको भन्सार शुल्क, सुक्खा तथा पेय पदार्थका जुसमा ३५ प्रतिशत अन्तःशुल्क तथा औषधि प्याकेजिङमा प्रयोग हुने बोतलमा लगाइएको अन्तःशुल्क समेत सरकारले घटाएको उनको आरोप छ ।

उनले संसद् चलिरहेको र आर्थिक विधेयक भर्खरै मात्र पारित भएको अवस्थामा पहिलो चौमासिकमै सरकारले यसरी करका दर परिवर्तन गरेर आर्थिक अपराध गरेको अराोप लगाए । उनले करका दर हेरफेरबारे सरकारले संसद्‍लाई जानकारी गराउन समेत माग गरे ।

‘भर्खरै आर्थिक विधेयक पास भएको छ । पहिलो चौमासिकमै सरकारले करका दर हेरफेर गरेको छ । यसप्रति हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी संसद्‍लाई छलेर करसम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्तविपरीत करका दर हेरफेर गर्नु आर्थिक अपराध हुन जान्छ । यसबारे के भएको हो ? किन गर्न खोजेको हो ? जवाफ देओस्,’ उनले भने ।

उनले आर्थिक विधेयक पास भएको एक महिनामै करका दर हेरफेर गर्नुले अर्थमन्त्री असक्षम रहेको पुष्टि भएको समेत टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?