+
+
Shares

१४ लाखसहित हुण्डी कारोबारको आरोपमा २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १६:४६

६ भदौ, काठमाडौं । १४ लाख १३ हजार ५ सय रुपैयाँसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्जको घुसुकपुरका ३९ वर्षीय संजय साह र बाराका ४१ वर्षीय शनि कुमार ठाकुर छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो ।

बिहीबार दिउँसो वीरगञ्जबाट बीआर ०५ एबी ७७६१ र प्रदेश २–०३–००२ प ५५४४ नम्बरको मोटरसाइकलबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

स्रोत खुल्न नसकेको उक्त रकम उनीहरुले हुण्डी कारोबारको रुपमा प्रयोग गर्ने गरेको प्रहरीले बताएको छ । उनीविरुद्ध अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?