News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ८४ रनले पराजित गर्दै तीन खेलको वानडे सिरिज एक खेल अगावै जितेको छ।
- अस्ट्रेलिया ३७.४ ओभरमा १९३ रनमा अलआउट भएको थियो ।
- जोश इङ्लिसले सर्वाधिक ८७ रन बनाए भने दक्षिण अफ्रिकाका लागि लुङ्गि एङ्गिडीले ५ विकेट लिए ।
६ भदौ, काठमाडौं । पेस बलर लुङ्गी एङ्गिडीको ५ विकेट मद्दतमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ८४ रनले पराजित गर्दै तीन खेलको वानडे सिरिज एक खेल अगावै आफ्नो नाम गरेको छ ।
दक्षिण अफ्रिकाले दिएको २७८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३७.४ ओभरमा १९३ रनमा अलआउट भयो । जोश इङ्लिसले सर्वाधिक ८७ रन बनाएपनि पर्याप्त भएन ।
अस्ट्रेलिया ३८–३ को अवस्थामा भएका बेला इङ्लिसले क्यामरन ग्रीनसँग केही साझेदारी बढाएपनि उनी आउट भएपछि अस्ट्रेलियाको तल्लोक्रम चाँडै ध्वस्त भयो । ग्रीनले ३५ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९.१ ओभरमा २७७ रनमा अलआउट भएको थियो। म्याथ्यु ब्रेट्ज्केले ७८ रन र ट्रिस्टन स्टब्सले ७४ रन जोडे।
अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ विकेट लिए भने मार्नस लबुशान, नेथन एलिस र जेभियर बार्टलेटले दुई–दुई विकेट लिए ।
यो जितसँगै दक्षिण अफ्रिकाले अष्ट्रेलियामाथि लगातार पाँचौं वानडे सिरिज जितेको छ।
यसअघि पहिलो ओडिआईमा दक्षिण अफ्रिका ९८ रनले विजयी भएको थियो ।
प्रतिक्रिया 4