+
+
Shares

नेपालका अभौतिक सम्पदा अन्तर्राष्ट्रिय सूचीमा दर्ता गरिँदै

नेवार समुदायको परिकार ‘योमरी’ नेपालमा दर्ता भएको पहिलो अभौतिक सम्पदा भएको पर्यटनमन्त्री पाण्डेले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा दर्ता भएका अभौतिक सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय सूचीमा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।
  • सरकारले अभौतिक सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर कार्यविधि बनाएर हालसम्म १ सय ५ वस्तु दर्ता गरिसकेको मन्त्री पाण्डेले बताए।
  • नेवार समुदायको परिकार \'योमरी\' नेपालमा दर्ता भएको पहिलो अभौतिक सम्पदा भएको र विधेयकले संरक्षणमा ठूलो टेवा पुग्ने मन्त्री पाण्डेले उल्लेख गरे।

६ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा दर्ता भएका अभौतिक सांस्कृतिक सम्पदालाई अन्तर्राष्ट्रिय अभौतिक सांस्कृतिक सम्पदा सूचीमा दर्ता गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् ।

शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले नेपाल सरकारले अभौतिक सम्पदा संरक्षण र सूचीकरणलाई प्राथमिकतामा राखेको बताए ।

मन्त्री पाण्डेका अनुसार सरकारले कार्यविधि बनाइ हालसम्म १ सय ५ वस्तु अभौतिक सम्पदाका रूपमा दर्ता गरिसकेको छ । नेवार समुदायको परिकार ‘योमरी’ नेपालमा दर्ता भएको पहिलो अभौतिक सम्पदा भएको उनले जानकारी दिए ।

‘यो विधेयक कानुन बनेपछि मौलिक अभ्यासहरूको सूचीकरण मात्र नभई प्रचार–प्रसार र संरक्षणमा समेत ठूलो टेवा पुग्ने छ,’ मन्त्री पाण्डेले भने । विधेयक निर्माण क्रममा सरोकारवाला पक्षसँग विस्तृत छलफल गरिसकिएको उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?