+

एसिया कप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा

२०८२ भदौ  ७ गते १२:४९ २०८२ भदौ ७ गते १२:४९
एसिया कप क्रिकेटका लागि बंगलादेशको टोली घोषणा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशले आगामी सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि १६ सदस्यीय टोली घोषणा गरेको छ।
  • टोलीको कप्तानी विकेटकीपर ब्याटर लिटन दासले गर्नेछन् र उनी आगामी विश्वकपको तयारीलाई बल पुर्‍याउनेछन्।
  • नुरुल हसन सोहनले तीन वर्षपछि टोलीमा पुनः स्थान बनाएका छन् र अनुभवी बलर मुस्ताफिजुर रहमान र तास्किन अहमद पनि टोलीमा परेका छन्।

७ भदौ, काठमाडौं । बंगलादेशले आगामी सेप्टेम्बरमा हुने एसिया कप टी–२० का लागि १६ सदस्यीय टोली घोषणा गरेको छ। टोलीको कप्तानी विकेटकीपर ब्याटर लिटन दासले गर्नेछन्।

घोषित टोलीमा करिब तीन वर्षपछि नुरुल हसन सोहनले पुनः स्थान बनाएका छन्। उनले अन्तिमपटक सन् २०२२ मा अस्ट्रेलियामा भएको टी–२० विश्वकपमा खेलेका थिए। अहिले अस्ट्रेलियामा भइरहेको टप एन्ड टी-२० सिरिजमा सोहनले बंगलादेश ए को नेतृत्व गरिरहेका छन् ।

लिटन दासले यसअघि श्रीलंकाविरुद्धको ऐतिहासिक टी–२० सिरिज जिताएका थिए र पाकिस्तानविरुद्ध पनि घरेलु सिरिज जिताएका थिए। उनले फेरि पनि कप्तानी गर्दै आगामी विश्वकपको तयारीलाई बल पुर्‍याउनेछन्।

अनुभवी बलर मुस्ताफिजुर रहमान र तास्किन अहमद पनि टोलीमा परेका छन्। बंगलादेशले हालसम्म एसिया कपको उपाधि जितेको छैन । सन् २०१२, २०१६ र २०१८ मा उपविजेता बनेको थियो ।

एसिया कपमा समूह ‘बी’ मा रहेको बंगलादेशले अफगानिस्तान, हङकङ र श्रीलंकासँग खेल्नेछ।

यसअघि टोलीले एसिया कपअघि नेदरल्यान्ड्ससँग तीन खेलको टी–२० सिरिज खेल्नेछ, जसको पहिलो खेल अगस्ट ३० मा सिल्हटमा हुनेछ।

बंगलादेश टोली : लिटन दास (कप्तान), तन्जिद हसन, पर्वेज हसन एमोन, सैफ हसन, तौहिद ह्रिदोय, जकर अली अनिक, शमिम हसन, नुरुल हसन सोहन, शक महेदी हसन, रिशाद हसन, नसुम अहमद, मुस्ताफिजुर रहमान, तन्जिम हसन साकिब, तास्किन अहमद, शोरिफुल इस्लाम, शैफ उद्दिन।

बंगलादेश क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय