+
+
Shares

वर्षा र पहिरोका कारण देशभरका प्रमुख राजमार्ग अवरुद्ध

बागमती प्रदेशमा मकवानपुरका विभिन्न ठाउँमा पहिरोका कारण पृथ्वी राजमार्ग, त्रिभुवन राजमार्ग र कान्तिलोकपथ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते १४:३२
सांकेतिक तस्वीर

७ भदौ, काठमाडौं । लगातारको वर्षा र पहिरोका कारण देशका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार राजधानी काठमाडौंमै पनि वर्षाका कारण सडक आवागमन प्रभावित भएको छ ।

शुक्रबारको भारी वर्षाले प्रभावित भएको कालिमाटी–बल्खु सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

बागमती प्रदेशमा मकवानपुरका विभिन्न ठाउँमा पहिरोका कारण पृथ्वी राजमार्ग, त्रिभुवन राजमार्ग र कान्तिलोकपथ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ ।

सिन्धुलीको मिक्लेश्वर गाउँपालिका क्षेत्रमा पनि अवरोध देखिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ र ३ मा आएको बाढीले सडक क्षतिग्रस्त बनाएको छ भने उत्तरगया गाउँपालिका–५ नौविसे खण्डमा आवागमन एकतर्फी मात्र भइरहेको छ ।

गण्डकी प्रदेशमा बागलुङ, नवलपुर र लम्जुङका विभिन्न स्थानमा पहिरो र बाढीका कारण कालिगण्डकी करिडोर सडकखण्ड तथा पृथ्वी राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको छ ।

लुम्बिनी प्रदेशमा दाङको लमही–जाली खण्डमा आएको बाढीले राप्ती राजमार्ग एकतर्फी मात्र सञ्चालन भइरहेको छ ।

कोशी प्रदेशमा संखुवासभाको भोटखोला गाउँपालिका–४ मा अकस्मात् वर्षाले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने तेह्रथुमको लालिगुराँस नगरपालिका–९ तिङगुचेमा पहिरोका कारण सडक एकतर्फी मात्र चलिरहेको छ ।

कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित शिबगढ खण्डमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा दार्चुलाको शैलेश्वरी गाउँपालिका–६ र ७ जोड्ने गुल्लैखर्क–दार्चुला सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ ।

वर्षा कारण पहिरो र विपदजन्य जोखिम रहेको भन्दै प्रहरीले सडक प्रयोग गर्दा वैकल्पिक मार्गको प्रयोग गर्न र सम्भावित जोखिमबाट सचेत रहन सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?