
News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियाले साताको सुरुमा उत्तर कोरियाली सैनिकले सीमा नाघ्न खोजेपछि गोली चलाएको पुष्टि गरेको छ।
- उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले दक्षिण कोरियाली सैनिकले जानीबुझी गोली चलाएर उक्साउन खोजेको आरोप लगाएको छ।
- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्यूङ जापान र अमेरिका भ्रमणका लागि प्रस्थान गरेको बेला सीमा क्षेत्रमा गोली चल्नुले तनाव बढाएको छ।
७ भदौ, काठमाडौं । उत्तर कोरियाली सैनिकले सीमा नाघ्न खोजेपछि गोली चलाएको दक्षिण कोरियाले पुष्टि गरेको छ ।
यसै साताको सुरुमा उत्तर कोरियाली सैनिकमाथि चेतावनी स्वरुप गोली चलाउनु परेको दक्षिण कोरियाको दाबी छ ।
उत्तर कोरियाली सैनिकले दुई देशबीचको प्रतिबन्धित सीमा रेखा नाघ्न खोजेपछि चेतावनीका लागि दक्षिण कोरियाली सैनिकले गोली चलाएको बीबीसीले उल्लेख गरेको छ ।
तर, उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले भने दक्षिण कोरियाली सैनिकले जानीबुझी गोली चलाएर उक्साउन खोजेको आरोप लगाएको छ । सीमा क्षेत्रमा गोली चलाएर दक्षिण कोरियाले तनाव बढाउन खोजेको उत्तर कोरियाली सञ्चारमाध्यमको जिकिर छ ।
दक्षिण कोरियाका नव निर्वाचित राष्ट्रपति ली जे म्यूङ शनिबार जापान र अमेरिका भ्रमणका लागि सिओलबाट प्रस्थान गरेका छन् । दक्षिण कोरियाली राष्ट्रपतिको विदेश भ्रमणको पूर्वसन्ध्यामा दुई देशको सीमामा गोली चल्नुले तनावको संकेत गर्ने समाचारमा उल्लेख छ ।
पछिल्ला सप्ताहमा उत्तर कोरियाले सीमा क्षेत्रमा आक्रामक प्रवृत्ति देखाउन विश्लेषण भइरहेको छ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो–जोंगले हालै दक्षिण कोरियाले गरेको सम्झौताको प्रस्तावलाई अस्वीकार गरेकी थिइन् ।
उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमा स्थायी रुपमै बन्द गर्न प्रयास गर्दै आएको छ ।
प्रतिक्रिया 4