+
+
Shares

काठमाडौंको धापासीमा पहिरोले सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते १५:४७

७ भदौ, काठमाडौं । हिजो (शुक्रबार)को अविरल वर्षाका कारण काठमाडौंको धापासीस्थित टोखामा पहिरो गएको छ ।

अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा चाकेमा पहिरो गएको हो । पहिरोका काण सडक पूर्ण रुपमा बन्द भएको छ ।

हिलोले एउटा ट्रान्सफर्मर सहित ६ वटा  पोल ढाल्दा सो क्षेत्रमा शुक्रवारबाटै विद्युत आपूर्ति बन्द भएको छ । पहिरोसँगै रुख ढाल्दा सेल्सबेरीमा सामान्य क्षति पुगेको छ । पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको छ ।

स्थानीयवासी प्रताप खत्री पहिरो पर्खाल अग्लो भएकाले माटो बग्न थालेको बताउँछन् । वडाले पार्क बनाएपछि लगाएको पर्खाल भत्किएको उनले जानकारी दिए ।

त्यस्तै, स्थानीय सुरेन्द्र श्रेष्ठले पर्खाल माथि लगाएका कारण पहिरो गएको हुनसक्ने आकलन गरे ।

स्थानीयहरूले पर्खाल केही दिनअघि चर्किएको तर प्लास्टिक लगाएर छेकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?