
७ भदौ, काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नामको लोकतन्त्रले देश विकास नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश विकास गर्न नेतृत्वमा निर्भर रहने बताए ।
कतै देश विकास तानाशाहीहरुबाट भएको उदाहरण दिँदै लोकतन्त्रले मात्रै देश विकास हुन्छ भन्ने सोच्न नहुने बताए ।
‘यहाँ कतिपयले भन्नुभयो, लोकतन्त्रले देश विकास हुन्छ । मलाई कहिले कहीँ लाग्छ त्यसले मात्रै उत्तर पाइँदैन की भन्ने लाग्छ । दक्षिण कोरियामा तानाशाही शासनबाट देश परिवर्तन गरेर मरे,’ उनले भने, ‘कहिले तानाशाही सकारात्मक भएर आउँछ, कहिले नकारात्मक छ । संसारमा एउटै अनुभव छैन ।’
कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता हावी रहेको भन्दै यसकाविरुद्ध लडिरहेको उदाहरण देखिरहेको उनले बताए ।
‘कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ, यसमा लड्दै आएको छ । यो सबै पीडितहरूको मात्रै जमघट जस्तो लाग्यो । पीडितको जमघटले समाज परिवर्तन हुँदैन,’ उनले भने ।
उपाध्यक्ष पाण्डेले युवाहरुको बीचमा गएर बहस र संगठित गरेर मात्रै देशलाई नयाँ शिराबाट अघि बढाउन सकिने बताए ।
प्रतिक्रिया 4