News Summary
Generated by OK AI. Editorially reviewed.- स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्टे विरुद्ध ३-२ को पुनरागमन जित हात पारेको छ ।
- बार्सिलोनाले पहिलो हाफमा २-० ले पछि परेको अवस्थामा दोस्रो हाफमा पुनरागमन गरेको हो । पेड्री, फेरान टोरेस र आत्मघाती गोलको सहयोगमा जित सुनिश्चित गरेको हो ।
- बार्सिलोनाले नयाँ सिजनमा लगातार दोस्रो जित हासिल गरेको छ ।
८ भदौ, काठमाडौं । साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगामा लेभान्टे विरुद्ध ३-२ को पुनरागमन जित हासिल गरेको छ ।
गएराति भएको खेलमा पहिलो हाफमा २-० ले पछि परेको अवस्थाबाट बार्सिलोनाले दोस्रो हाफमा पुनरागमन गरेको हो ।
लेभान्टेका लागि इभान रोमेरोले १५औं मिनेटमा र जोसे लुइस मोरालेसले पहिलो हाफको इन्जुरी समयको सातौं मिनेटमा पेनाल्टी गोल गर्दै २–० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा बार्सिलोनाले पुनरागमन गर्यो । पेड्रीले ४९औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । बार्सिलोनाका लागि फेरान टोरेसले ५२औं मिनेटमा बराबरी गोल गरे ।
इन्जुरी समयमा लामिन यामालको क्रसमा लेभान्टेका उनी एल्गेजाबालले आत्मघाती गोल गरेपछि बार्सिलोनाले ३-२ ले विजयी भयो ।
नयाँ सिजन बार्सिलोनाको यो लगातार दोस्रो जित छ । बार्सिलोना ६ अंक जोडेर शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4